Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • परराष्ट्रमन्त्री साउदद्वारा ७ सञ्चारकर्मी सम्मानित

    परराष्ट्रमन्त्री साउदद्वारा ७ सञ्चारकर्मी सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 555
    SHARES

    काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड -२०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन् ।

    विमेन्स एरा मिडिया ग्रुप नेपालले काठमाडौंमा शनिबार गरेको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०७९ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।



    सञ्चारकर्मीहरु सुमन सापकोटा, हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई ‘गीत-संगीत कला पत्रकारिता सम्मान – २०७९’ बाट सम्मानित भएका हुन् ।



    उनीहरुलाई परराष्ट्रमन्त्री एनपी साउदले दोसल्ला, माला र सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

    मनोरञ्जन पत्रकारितामार्फत सञ्चार क्षेत्रबाट देशको भाषा संस्कृति कलाको उत्थानका लागि आमपाठकसमक्ष समर्पित रहँदै आएको भन्दै उनीहरुलाई सम्मान गरिएको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार