Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ‘ऐना झ्यालको पुतली’लाई कौतिक फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार

    ‘ऐना झ्यालको पुतली’लाई कौतिक फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । ‘ऐना झ्यालको पुतली’ भारतको नैनीतालमा आयोजित कौतिक फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको छ ।

    डिसेम्बर २ देखि ४ सम्म नैनीतालमा आयोजना भएको फेस्टिभलमा फिल्म उत्कृष्ट फिल्मसहित ४ विधामा अवार्ड हात पारेको हो । फिल्मले अभिनय विधामा २ र सम्पादन विधामा पनि अवार्ड जितेको हो ।



    फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा ट्रफी उचाल्यो । सम्पादक किरण श्रेष्ठ, कञ्चन चिमरियाले अभिनेत्री र दिनेश खत्रीले अभिनेतातर्फ अवार्ड उचाले ।



    भदौ २४ मा प्रदर्शनमा आएको ‘ऐना झ्यालको पुतली’ले बंगलादेशमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो भने दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा छानिन सफल भएको थियो ।

    युवतीको पढ्ने रहरलाई झ्यालमा रहेको पुतलीसँग तुलना गर्दै निर्माण गरिएको फिल्मलाई यो दशककै उत्कृष्ट सिनेमाको रुपमा चर्चा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार