Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ग्रामी अवार्ड जित्ने बित्तिकै पक्राउ परे र्‍यापर किलर माइक

    ग्रामी अवार्ड जित्ने बित्तिकै पक्राउ परे र्‍यापर किलर माइक

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 516
    SHARES

    एजेन्सी । र्‍यापर किलर माइकलाई सोमबार पक्राउ गरिएको छ । लस एन्जलसको एरिनामा आयोजित ग्रामी अवार्डमा तीनवटा ग्रामी जितेको केही समयपछि उनलाई पक्राउ गरिएको थियो ।

    तर, केही समयपछि उनी रिहा भए । एरिनामा ग्रामी अवार्ड आयोजना भइरहेका बेला ब्याकस्टेजमा हातपात भएको थियो।



    सामाजिक सञ्जालमा एक पोस्टमा लस एन्जलस पुलिसले भनेअनुसार किलर माइकलाई ‘मिसिडिमिना ब्याट्री’ को आरोपमा हिरासतमा लिइएको थियो ।



    पक्राउ पर्नुभन्दा ठीक अघि माइक स्टेजमा ग्रामोफोन ट्रफी हल्लाउँदै थिए । उनको हातमा तीनवटा ग्रामी अवार्डहरू थिए ।

    उनी जितको उत्सव मनाइरहेको थिए । सोमबार अमेरिकाको लस एन्जलसमा संगीत जगतको प्रतिष्ठित अवार्ड ‘ग्रामी’ अवार्डको आयोजना गरिएको थियो ।

    यस अवार्डमा कुल ९४ विधामा कलाकारलाई सम्मान गरिएको थियो । टेलर स्विफ्टको एल्बम ‘मिडनाइट्स’ ले एल्बम अफ द इयर अवार्ड पायो ।

    माइली साइरसको गीत ‘फ्लावर’ ले रेकर्ड अफ द इयरको ग्रामी अवार्ड पाएको छ ।

    गीत अफ द इयरको अवार्ड बिली इलिशको गीत ‘ह्वाट वाज आई मेड फर’ लाई दिइएको छ ।

    माइली साइरसको गीत ‘फ्लावर’ लाई उत्कृष्ट पप सोलो परफॉर्मन्सको लागि पनि ग्रामी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार