Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु

    ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 948
    SHARES

    काठमाडौं । लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ ।

    फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् ।



    यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री सार्वजनिक गरिएको हो ।



    फिल्मी अवार्डका लागि तयार भएको स्टिकरलाई देशव्यापी रुपमा टासिने जनाइएको छ ।

    लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगीतिक कार्यक्रमहरू, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवर्द्धनका लागि काम गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार