Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्पोर्टस अवार्डको ‘पिपल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक

    स्पोर्टस अवार्डको ‘पिपल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 549
    SHARES

    काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बजाज पल्सर स्पोर्ट्स अवार्डको पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।

    सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एनएसजेएफले सर्वाधिक लोकप्रिय विधाको मनोनयनमा परेका चार खेलाडीको नाम सार्वजनिक गरेको हो।



    मनोनयनमा पर्ने खेलाडीमा क्रिकेटर आसिफ शेख, टेनिस खेलाडी अभिलासा विष्ट, फुटबलर अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबल खेलाडी उषा भण्डारी रहेका छन्।



    फागुन २३ गते हुने स्पोर्ट्स अवार्डमा चुनिने विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।

    पिपुल च्वाइसबाहेक अन्य दुई विधाका विजेताले पनि मोटर साइकल प्राप्त गर्नेछन्।

    एसएमएस भोटिङका लागि मञ्चले यसअघि नै इसेवासँग सम्झौता गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार