Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैनौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको प्रष्ट पारेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पारेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डले सो कुरा बताए ।

'मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने, युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले कहींकतै स्वीकृति दिएको स्थिति होइन,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077