Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार दृढ छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन् । आज दिउँसो कार्यालय सिंहदरबारमा वाइसियल नेपालद्वारा पेश भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन न्यायको मान्यता अनुरुप शान्ति प्रक्रिया टुङ्ग्याउन सहमत छन् । केही प्राविधिक कारणले मात्र रोकिएको हो ।”

उनले जनताका पक्षमा राम्रा कामहरुको शुरुवात भएकाले त्यसको जनतामा प्रचार गर्नुपर्ने बताए । उनले वाइसियलका युवाहरुले राखेको मागहरुमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै परिवर्तनको रक्षाका लागि युवाहरु सचेत र सजग हुनुपर्ने बताए । अलिकति राजनीतिक उतारचढावका कारण सोचे जस्तो गरी काम गर्न नसकेपनि सरकारको पूर्णतासँगै कामले गति लिने उनले बताए ।

वाइसियल नेपालले व्यवस्था विरोधी अराजक गतिविधिहरुको नियन्त्रण, संविधानको रक्ष, विकास र व्यवस्थाको सदृढीकरण, जनयुद्ध, जनआन्दोलन लगायतका व्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा बलिदान दिने सहिदहरुलाई राष्ट्रिय सहिदको घोषणा र तिनका परिवानजनहरुलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापन गर्नुपर्ने, अर्थतन्त्रमा देखिएको संकट मजबुत बनाउन पहल लिनुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077