Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

जनकपुरका मेयर साह ‘महामूर्ख’ घोषित, ऋषि धमला 'पटमुर्ख'

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । प्रत्येक वर्षझैँ यस वर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मेयर साहलाई वर्षकै ‘महामूर्ख’ घोषित गरिएको हो ।

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । यस क्रममा एक विशिष्ट व्यक्तित्वलाई ‘महामूर्ख’को उपाधि दिने गरिन्छ । मेयर साहलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको थियो ।

संचारकर्मी ऋषि धमलालाई पटमुर्ख, संचारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाललाई खबसुरता, शिक्षक संजय झा लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्रि किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनाष्टिक विद्यालयका डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधि प्रदान गरिएको थियो ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077