Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

टर्कीका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर सहयोग

एजेन्सी। फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरिया र टर्कीमा आएको भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन् ।

रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सरसामान पठाएका हुन् ।

साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाए ।

आफ्नो आम्दानीको केहि हिस्सा सामाजिक कार्यका लागि दान गर्दै आएका उनले यसअघि आफ्नो देश पोर्चुगलमा बालबालिकाको मस्तिस्क शल्यक्रियाका लागि ८३ हजार अमेरिकी डलर र क्यान्सर केन्द्र स्थापनाका लागि १ लाख ६५ हजार डलर दान गरेका थिए ।

रोनाल्डोले सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनजस्ता संस्थाको सद्भावना दूत भएर पनि काम गरिसकेका छन् । कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतारुलाई उनले १० लाख डलर सहयोगसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077