Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इन्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण

काठमाडौं । भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको एउटा इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।

उडान -८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको हो । त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको थियो ।

सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए । त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077