Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महामन्त्री थापाले भने – राष्ट्रपति राजसंस्थाको निरन्तरता जस्तै भयो, यो क्रमलाई भंग गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिले संविधानको रक्षा र पालनामा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

संसद् भवनमा राष्ट्रपतिमा मतदानपछि थापाले संस्थाप्रतिको जनविश्वास जोगाउनु अहिलेको आवश्यकता रहेको औंल्याए ।

संसद् भवनमा कुरा गर्दै उनले भने, ‘राजसंस्थाको जुन परम्पराको अभ्यास भयो। त्यसबाट यसलाई अलग गर्नुपर्छ। त्यो दोष राष्ट्रपतिलाई दिएर हुँदैन। यो क्रमलाई हामीले भंग गर्नुपर्छ।’

राष्ट्रपति सडकमा ननिस्किउन् भन्ने ठान्नुपर्ने अवस्था आएको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077