Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीलाई गगन थापाको प्रश्न - एउटै कुरामा कांग्रेसलाई कतिपटक धोका दिने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसंग सत्ता सहकार्य नहुने बताएका छन्।

राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएपछि महामन्त्री थापाले यस्तो बताएका हुन् ।

थापाले भने,‘एउटै कुरामा एउटा पार्टीलाई कतिपटक धोका दिने? पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो। २०८४ को चुनावपछि उहाँ प्रमुख प्रतिपक्षीको नेता हुनुहुन्छ। हामी सहकार्यको प्रस्ताव लिएर बालकोट भेट्न जान्छौं, त्योभन्दा अघि सम्भव छैन।’

महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताए ।

[insert page='203923' display='yopanipadhnuhos.php']

केहीबेरपछि मतदान गरेका थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि ऊसँग संसदको यो कार्यकालमा सहकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077