Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै ओली भन्छन्- ‘अंक दिनपरे सय दिन्छु’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १०० नम्बर दिएका छन्।

आज (बिहीबार) नयाँ बानेश्वरको सांसद भवनमा राष्ट्रपति चयनका लागि मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै १०० नम्बर दिने बताएका हुन्।

उनले भने– ‘वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।’

अघिल्ला राष्ट्रपतिले विल्कुल ठीक काम गरेको ओलीको प्रतिक्रिया थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077