Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

फरार अभियुक्त सांसद कोइरी सहित संघीय संसदका १७ सांसद मतदानमा अनुपस्थित

काठमाडौं । नेपाल प्रहरीको फरार अभियुक्त सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनमा अनुपस्थित भएका छन् ।

निर्वाचन आयोगले तयार पारेको मतदाता सूचीमा नाम रहेका उनले एमाले सांसदहरूलाई भने स्वास्थ्य ठिक नभएको कारण दिएको बताइएको छ ।

प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ६९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान भने गरेनन् । संघीय संसदका ३३० मध्ये ३१३ सांसदले मात्र मतदान गरेका छन् ।

राप्रपा र नेमकिपाले घोषित रुपमै चुनावमा भाग लिएनन् । उता कांग्रेसका सांसद चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेकाले उनले पनि मतदान गरेनन् ।

राप्रपाका १४ र नेमकिपाका एक जनाले मतदान गरेनन् ।

राष्ट्रपतिका लागि बिहीबार मतदान सकिएको छ । मतदान सकिएसँगै मतगणनाको प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077