Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कस्तो छ सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधि सभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए।

'भण्डारीको आज पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ', भण्डारीका दाजु मीनप्रसादले बिहीबार बेलुका भनेका छन्।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077