Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

श्री एयरलाइन्सलाई उडान नगर्न प्राधिकरणको निर्देशन

काठमाडौं । श्री एयरलाइन्सले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान गर्न नपाउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । जसअनुसार आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न नपाउने भएको छ ।

जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भएरनभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।

केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिनेछ। त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन्। अर्को निर्णय नहुन्जेलसम्म श्री एयरलाइन्सका सबै जहाज ग्राउण्डेड गरिएको प्राधिकरणले जनाएको छ ।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गरिएको थियो । श्री एयरलाइन्ससँग आठवटा जहाज छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077