Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि माओवादी धारका पार्टीहरूको बैठक बसेको छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरद्ध सर्वोच्चमा रिट परेपछि माओवादी धारका नेताहरु सशंकित भएका छन् । सोही विषयमा केन्द्रीत भएर छलफल गर्न आज पनि बैठक बसेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान पौने ९ बजेदेखि जारी छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत सहभागी छन्।

यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुती, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओलीलगायत पनि बैठकमा सहभागी छन् । यस्तै अध्यक्ष प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकका नेताहरूलाई एकताबद्ध हुन आग्रह गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077