Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ठेलागाढामा मकै खाँदै स्कूले विद्यार्थीसँग ओली (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार स्कुले बालबालिकासँगै देखिएका छन् ।

सो क्रममा सडकको फुटपाथमा पोलिएको मकै खाएको भन्दै ओलीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

मकै किनेर खाएको तस्वीर सामाजिक सञ्चालमा राख्दै उनले लेखेका छन्, 'पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।'

आज ओली पार्टीनिकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको सपथ ग्रहणमा पार्टी कार्यालय च्यासल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077