Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्री एयरलाइन्सको जहाज सुरक्षित, शनिवारदेखि नियमित उडान गर्न अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ ।

प्राधिकरणले बिहीवार एउटा जहाजको इन्जिन फेल भएपछि श्रीका सबै जहाज ग्राउण्डेड गरेर शुक्रवार चेकजाँच गरेको थियो ।

प्राधिकरणका प्राविधिकहरुले श्रीका उडानमा रहेका जहाजहरुको जाँचपडताल गरेर उडानका लागि अनुमति दिएको सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए ।

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो ।

यसैबीच, श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना कम्पनीका जहाजहरु जाँच तथा अध्ययन गरी पुनस् सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ । प्राधिकरणको इन्जिनियरिङको टोलीले सबै जहाजको अपरेसन सुरक्षा र कम्पनीको वित्तीय स्थिति अध्ययन गर्दा कुनै खराबी नभेटेको र उडान सुरक्षित रहेको पत्र दिएको छ ।

यससँगै प्राधिकरणले चेकजाँचपछि उडान सञ्चालनको लागि पुनः अनुमति पाएको छ । श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077