Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई बधाई दिँदै निधिले भने - पौडेल सर्वाधिक उपयुक्त व्यक्ति

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई भेटेर नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बधाई दिएका छन्।

नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न नेता निधि शुक्रबार साँझ उनकै निवास बोहोराटार पुगेका थिए।

भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनावलगायत समसामयिक विषयमा राष्ट्रपति पौडेल र नेता निधिबीच कुराकानी भएको थियो ।

निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको साथै संघीय गणतन्त्र र संविधानको लागि पौडेल सर्वाधिक उपयुक्त व्यक्ति भएको बताएको जानकारी निधिको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077