Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

श्री एयरलाइन्सको नियमित उडान आजदेखि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान(अवतरणको प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान हुने भएको छ ।

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्री एयरका सबै उडान(अवतरणमा प्रतिबन्ध लगाएको थियो ।

श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन गरी पुनस् सेवा सञ्चालन गर्न अनुमति शुक्रबार नै दिएको हो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका छन्। उनका अनुसार श्री एयरलाइन्सका जहाजले शनिबारदेखि नियमित उडान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077