Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिबार बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली महिला आन्दोलनमा लामो समय सक्रिय शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

उनी नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत हुन् ।चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077