Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सत्ता गठबन्धनबाट रामसहाय यादवले दिए उपराष्ट्रपतिमा उम्मेदवारी

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।

शनिबार जसपाका सांसद यादवले बानेश्वरस्‍थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी भएका छन्। लोतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उपस्थित छैनन्।

रामसहाय प्रसाद यादवका प्रस्तावक अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। यस्तै रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी समर्थक छन्।

१० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनाको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो। शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077