Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उपराष्ट्रपति निर्वाचनमा पुरूष उम्मेदवारी दर्ता गर्नु खेदजनक : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपराष्ट्रपतिको निर्वाचनमा पुरूष उम्मेदवारी दर्ता गर्नु खेदजनक रहेको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष राउतले आयोगले महिला उम्मेदवार नै हुनुपर्ने अडान लिएपनि अहिले दबाव वा प्रभावमा आएर पुरूष उम्मेदवार दर्ता गर्नु खेदजनक रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘निर्वाचन आयोगले संविधानको धारा ३८(४) उदृत गर्दै हरेक हालतमा उपराष्ट्रपतिको उम्मेदबार महिला नै हुनुपर्ने अडान लिएपछि अहिले कुनै पनि दबाव वा प्रभावमा आएर पुरूष उम्मेदवार दर्ता गरिनु अत्यन्त खेदजनक छ।’

उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाले मनोनयन दर्ता गराएका छन्। जसमध्ये जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दिएका छन्।

राष्ट्रपतिमा खस आर्य समुदायको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएको र आयोगले उपराष्ट्रपतिमा महिला हुनुपर्ने भनेपनि पुरूषकै उम्मेदवारी दर्ता गरेको भन्दै उनले आपत्ती जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077