Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

किन गर्दैछन् माओवादीधारका आठ दलले संयुक्त पत्रकार सम्मेलन ?

काठमाडौं । आज माओवादीधारका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्तिहरूको खण्डन गर्न माओवादी धारका पार्टीहरूले दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले आज पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालीन विषयलाई लिएर मुद्दा परेपछि माओवादीधारका पार्टीहरू एक ठाउँ उभिएका छन्। उनीहरूले यसअघि पटक पटक संयुक्त छलफल गरिसकेका छन्।

उक्त छलफलहरूमा नेताहरूले यसको मिलेर प्रतिवाद गर्ने निर्णय गरेका थिए । संक्रमणकालीन न्यायको पक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077