Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिन्धुलीमा बस दुर्घटनामा परेकालाई उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सिन्धुलीमा आज भएको बस दुर्घटनामा परेकाहरूलाई तत्काल उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।

आज बिहान सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रधानमन्त्रीले उद्धार तथा घाइतेका उपचार प्रभावकारी बनाउन भनेका हुन्।

‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले दुखी तुल्याएको छ। दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन सम्बद्ध सबैमा निर्देशित गर्दछु,’ ट्वीट गर्दै प्रधानमन्त्रीले भनेका छन्।

ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने दुर्घटनामा १९ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077