Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भ्रष्टाचार गर्ने प्रधानाध्यापकलाई दुई वर्ष कैद !

काठमाडौं । विशेष अदालतले प्रधानाध्यापक सन्तोषप्रसाद गुप्तालाई दुई वर्ष कैद र जरिवानाको सजाय सुनाएको छ ।

पर्साको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक गुप्ताले विद्यालय भवन र शौचालय निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइरालाको इजलासले आइतबार यस्तो फैसला गरेको हो ।

सरकारलाई हानी नोक्सानी गराइ भ्रष्टाचार गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तथा उति नै रकम बिगोबमोजिम असुलउपर र जरिवाना हुने सजाय सुनाइएको जनाइएको छ ।

गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ साल असार ७ गते मुद्दा दायर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077