Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शीतलनिवास छाड्दै राष्ट्रपति भण्डारी, छोरीको घरमा बस्ने

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् ।

यसअघि उनले बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने भनिए पनि घरको मर्मत नसकिएकोले छोरीको घरमा सर्न लागेकी हुन् ।

२०७२ को भूकम्पले क्षति पुगेको बूढानीलकण्ठको घर मर्मत कार्य फागुन २० गतेभित्रै सक्ने भनिए पनि सकिएको छैन ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिएसँगै भण्डारी शीतलनिवासबाट बाहिरिन लागेकी हुन् ।

भण्डारीको दुई कार्यकाल गए रातिदेखि सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077