Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपालसँग रामसहाय र प्रदीप यादवको भेटवार्ता

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय प्रसाद यादव र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

जसपा संसदीय दलका नेता समेत रहेका यादवले सोमबार बिहान नेपालसँग भेटेका हुन् । उनीसँगै जसपा नेता प्रदीप यादव नेपालको निवास कोटेश्वर पुगेका थिए ।

भेटवार्ताका क्रममा चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन, समसामहिक राजनीतिक विषयमा छलफल भएको बताईएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपतिका लागि आठदलीय गठबन्धनबाट जसपाकै प्रमिला यादव र जनमत पार्टीकी ममता झा तथा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य उमेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077