Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीसँग भोट माग्न बालुवाटार पुगे यादव, प्रचण्डको जवाफ - गठबन्धनको बैठकमा निर्णय गर्छौ

काठमाडौं । उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवले शीर्ष नेताहरूसित भेटेर भोट माग्न थालेका छन् ।

यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग सिंहदरबारमा भेट गरी भोट मागेका हुन् ।

आजै बिहान उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेर मत मागेका थिए । भेटका क्रममा प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचनबारे गठबन्धनको बैठक बसेर थप निर्णय गर्ने आश्वासन दिएको बताइएको छ ।

यादव सत्ता गठबन्धनकै उम्मेदवार भएकाले योजनाबद्ध तरिकाले कसरी अगाडि बढ्ने भन्दै निर्णय हुने प्रधानमन्त्रीले बताएका छन् । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदै छ ।

उपराष्ट्रपतिका लागि आठदलीय गठबन्धनबाट जसपाकै प्रमिला यादव र जनमत पार्टीकी ममता झा तथा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उमेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077