Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासबाट बिदाइ गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाइ गरिएको हो।

उनलाई नेपाली सेनाले २१ टोपको सलामी दिएर बिदाइ गरिएको छ। उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको बताइएको छ ।

बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी छोरीको घरमा सर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077