Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आशिफले बनाए ओडीआइमा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान

काठमाडौं । नेपालका ओपनर आशिफ शेख एक दिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन् ।

आशिफ ओडीआइमा नेपालका तर्फबाट सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनीविरुद्ध आशिफले २१ बलमा ८ चौका र ३ छक्का हान्दै ५३ रनको विष्फोटक पारी खेले ।

दोस्रो विकेटका लागि आशिफ र कुशल मल्लले ४९ रनको साझेदारी गर्दै नेपाललाई कीर्तिमानी जित दिलाएका थिए । पीएनजीलाई ९ विकेटले हराउँदै नेपाल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077