Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

परिवर्तनलाई उल्ट्याउने कसरत जारी छ, सबै सचेत रहौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहे बताएका छन् ।

सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौँ राष्ट्रिय महाविधेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताए । उनले अहिले पनि एकथरी मानिस गणतन्त्र, समावेशी समानुपातिक मान्यता, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्दत रहेको जिकिर गरे ।

राष्ट्र र जनताप्रति इमानदार भइरहँदासम्म दुनियाँको कुनै शक्तिले पनि आफूहरूलाई पराजित गर्न नसक्ने उनको भनाई छ । अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077