Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शितल निवासबाट ७ वर्षपछि यसरी बिदा भइन् विद्या भण्डारी [फोटोफिचर]

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शितल निवासबाट बिदाइ गरिएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरेका हुन् ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए । दुई कार्यकाल राष्ट्रपतिमा सरकारी निवासमा बिताएकी भण्डारी करिब ७ वर्षपछि सोमबार आफ्नी नीजि निवास सरेकी हुन् ।

२०७४ साल फागुन २९ गते भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन। उनको पाँच वर्षीय कार्यकाल हिजो पूरा भएको छ।

राष्ट्रपति भण्डारीले आइतबार कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतलनिवासमा राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077