Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शीतल निवासबाट छोरीको घरमा सरिन् निवर्तमान राष्ट्रपति

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवास छाडेर बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा सरेकी छन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेसँग भण्डारीले शीतलनिवास छाडेकी हुन् ।

भण्डारी बुढानीलकण्ठस्थित आफ्नै निवासमा सर्ने तयारी थियो । तर, उक्त घरको मर्मत कार्य सम्पन्न नभएकाले भण्डारी तत्कालका लागि बालुवाटारको घरमा सरेकी हुन् ।

घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन खाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077