Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन्।

उनी पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सहिदपार्क पुगेका हुन्।

राष्ट्रपति पौडेलको लगत्तै सहिदगेट पुग्ने कार्यक्रम रहे पनि सडकजाम हुन सक्ने भन्दै उनी त्यहीबाट शीतलनिवास फर्किएको सचिवालयले जनाएको छ ।

राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077