Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मिनीट्रक दुर्घटना अपडेट : दुई जनाको मृत्यु, २ गम्भीर घाइते

    मिनीट्रक दुर्घटना अपडेट : दुई जनाको मृत्यु, २ गम्भीर घाइते

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 498
    SHARES

    गोरखा । गोरखा बजारमा सोमबार दिउँसो भएको मिनीट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

    बिसौनीमोडबाट पल्टेर भएको ट्रक दुर्घटनामा सवारी धनी तथा चालक उमेश श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत विष्णु खड्काको मृत्यु भएको हो ।



    श्रेष्ठको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा र खड्काको थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।



    प्रदेश नं- ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको प्रहरीले जनाएको छ ।

    अन्य घाइतेहरुमा सहिदलखन गाउँपालिका -७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखनकै नारायण भुजेल रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार