Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सशस्त्रका जवान इन्सपेक्टरको बर्दी लगाएर इलाका प्रहरी कार्यालय पुगेपछि…

    सशस्त्रका जवान इन्सपेक्टरको बर्दी लगाएर इलाका प्रहरी कार्यालय पुगेपछि…

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 3.1K
    SHARES

    गोरखा । इन्सपेक्टर हुँ भन्दै इलाका प्रहरी कार्यालय पुगेका सशस्त्र प्रहरीका एकजना जवान निलम्बनमा परेका छन् । सशस्त्र प्रहरी जवान सन्दीपकुमार साहलाई आचारसंहिताविपरीत कार्य गरेको भन्दै निलम्बन गरिएको हो ।

    साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखी काठमाडौंमा कार्यरत थिए । तर केही दिनअघि सशस्त्र प्रहरीको बर्दी र इन्स्पेक्टरको दर्ज्यानी चिह्न लगाएका साह इलाका प्रहरी कार्यालय आरुघाट गोरखा पुगेका हुन् ।



    उनले १० दिने घरबिदामा गएका बेला यस्तो हर्कत गरेको खुलेको छ । उनले त्यहाँ पुगेर म गोरखा गुल्मको इन्सपेक्टर हुँ भन्दै इलाका प्रहरी कार्यालयमा परेको निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेको बताइएको छ ।



    सशस्त्र प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका-३ थुमी बस्ने १५ वर्षीया सुस्मिता बराम फागुन १५ देखि १९ गतेसम्म सदरमुकाममा रनिङ शिल्डमा भाग लिन गएर नआएपछि इलाका प्रहरी कार्यालय आरूघाटमा उजुरी परेको थियो।

    उनलाई श्यामम्राङ बस्ने हिरा बहादुर बरामले फकाएर आफूसँग लगेको भनेर दिएको निवदेनलाई साहले प्रभावित गर्न खोजेको बताइएको छ । सशस्त्रको इन्स्पेक्टर बताउँदै रवाफ देखाएपछि प्रहरीहरु पनि छक्क परेका थिए । घटना प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको बुझिएपछि उनलाई दर्ज्यानी चिन्हसहितको बर्दी दुरुपयोग अभियोगमा पक्राउ गरिएको छ ।

    त्यसपछि इन्स्पेक्टर बताउने ती व्यक्तिको खोजी हुँदा पत्ता लाग्यो, उनी इन्स्पेक्टर नभई सशस्त्रका जवान रहेको खुलेको हो । १० दिनको घर बिदा स्वीकृत गराएर अफिसबाट बिदा भएका उनी प्रहरी कार्यालय पुगेर धम्क्याएको पाइएपछि निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार