Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कर नतिर्ने ३३ निकायलाई कारबाही गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी गरेको हो ।

कामपाले नेपाल स्काउट, नेपाल रेडक्रम सोसाइटी, जय नेपाल हललगायत संस्थालाई कर तिर्न ताकेता गर्दा पनि कर तिर्न नआएको कारण कारबाही प्रक्रिया अघि बढाउन लागिएको कामपा राजश्व विभागका निर्देशक ध्रुव काफ्लेले बताए । ती करदाताबाट करिब २५ करोड रूपैयाँ राजश्व संकलन हुन बाँकी छ ।

विभागले वडा कार्यालयले तयार गरेको तथ्याङ्कको आधारमा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको हो । संविधानको अनुसूची ८ ले सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसन जस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै कामपाले ३३ निकायलाई सम्पत्ति कर बुझाउन आग्रह गरेको हो ।

वडा कार्यालयहरूबाट प्राप्त तथ्याङ्कअनुसार ल्यान्डमार्क होटल, ओम सान इन्टरनेसनल कलेज, वल्र्ड ट्रेड सेन्टर, सिभिल मल सुन्धारा, सीटीसी मल सुन्धारा, एनआरटी क्लब, नेपाल ट्रस्टको स्वामित्वमा रहेको बुद्धवारी कम्प्लेक्स र काठमाडौं इन्जिनियरिङ कलेज छन् । यी सबै करदाताले सम्पत्ति कर तिर्न बाँकी छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077