Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु

सल्यान । भरुवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु भएको छ ।

बनगाड कुपिण्डे-९, स्वाराका अन्दाजी ४० वर्षीय चित्रबहादुर रावतको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

जंगलमा सिकार खेल्न गएका बेला सोही ठाउँका आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर पेट र घाँटीमा चोट लागेर गम्भीर घाइते भएका चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आइते रावत फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077