Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेललाई चीन र जापानले दिए बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चीन र जापानले बधाई दिएको छ।

सोमबार शितलनिवासमा पौडेलले पदभार ग्रहण गरेपछि चीन र जापानले बधाई दिएका हुन्।

नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन् सोङ्‌ले चीन सरकारका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

यसैगरी जापानका प्रधानमन्त्रीले पनि राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। नेपालस्थित जापान दूताबासमार्फत उनले जापान सरकारको नेपालसँग थप काम गर्न तत्पर रहेको जनाएका छन्।

उनले नेपाल र जापानबीच दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन र सहकार्य गर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077