Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • माओवादीले मानवअधिकार आयोगलाई धम्की दिँदैछ : केपी ओली

    माओवादीले मानवअधिकार आयोगलाई धम्की दिँदैछ : केपी ओली

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको बताएका छन् ।

    मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले भने,‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्। तर्साउँछन, धम्क्याउँछन्। हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन्। हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन्। खुट्टा याद राख्नुस भन्न सक्छन्। यो हुँदैन भन्न सकिँदैन।’

    माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताए।

    अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि एलाइन्सलाई सचेत गराए।

    अध्यक्ष ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताए। मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार