Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विशेष अदालतको फैसला चित्त नबुझेपछि चार मुद्दा लिएर सर्वोच्चमा अख्तियार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका चार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानी,सार्वजनिक सम्पत्ती हानिनोक्सानी,राजश्व हिनामिना र गलत लिखतसम्बन्धी गरी चार मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो।

अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानीनोक्सानी र घुसररिसवत गरी चारवटा मुद्दाहरूमा आयोगको निर्णयानुसार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।'

विशेष अदालतको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

चेतनाथ भारती, बद्री भण्डारी, गजेन्द्रप्रसाद जैसवाल प्रतिवादी भएका घुस रिसवतसम्बन्धी ३ छुट्टाछुट्टै मुद्दा र मेघनाथ रेग्मी प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हानी नोक्सानीसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077