Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सत्ता गठबन्धनले आयोगलाई प्रयोग गरेर महिला अधिकार मिच्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धन महिलाका हक र अधिकार खोस्न लागिपरेको बताएका छन्।

पार्टीबाट निर्वाचित सांसद्हरूलाई अभिमुखीकरण प्रदान गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले १० दलीय गठबन्धनका नेताहरू संविधानको मर्म मिच्न र महिला अधिकार खोस्न लागिपरेको टिप्पणी गरे।

ओलीले भने, ‘अहिले १० दलीय गठबन्धनका नेताहरू संविधानको मर्म मिच्न र महिलाका हक, अधिकार खोस्न लागिपरेका छन्। निर्वाचन आयोग त प्रयोग गरिसके अरू संस्थालाई पनि प्रयोग गर्न सक्छन्।’

ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला नै हुनुपर्ने संविधानको मर्म रहेको दाबी गरे। निर्वाचन आयोगले जसपा उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै राखिदिएको थियो।

एमाले र नागरिक उन्मुक्ति पार्टीले यादवविरूद्ध उजुरी दिए पनि यादवको उम्मेदवारी कायमै थियो। यसबारे लक्षित गर्दै ओलीले १० दलीय गठबन्धनले निर्वाचन आयोग प्रयोग गरिसकेको आरोप लगाए।

उनले १० दलीय गठबन्धनलाई रावणको संज्ञा दिए। उनले स्थानीय तह चुनावमा चलाखीसाथ महिलाका हक र अधिकार हरण गरिएका पनि आरोप समेत लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077