Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानलाई गिरफ्तार गर्न निवासमै पुग्यो इस्लामावाद प्रहरी

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्ने तयारी गरिएको छ ।

भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा उनलाई प्रहरी गिरफ्तार गर्न लागेको हो ।

पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) का अध्यक्ष समेत रहेका इमरानलाई पक्राउ गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् ।

तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ । समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077