Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानलाई गिरफ्तार गर्ने‍ प्रहरीको तेस्रो प्रयास विफल

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गर्ने‍ प्रहरीको तेस्रो प्रयास असफल भएको छ ।

मिसन ईमरान 'अरेस्ट' अभियानका साथ मंगलबार तेस्रोपटक खानलाई पक्राउ गर्न निवासमै पुगेको इस्लामावाद प्रहरी रित्तो हात फर्किएको हो ।

तोसाखाना मुद्दामा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेपछि खानका समर्थकहरूको उत्तेजित भीडले प्रतिकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन भने लाहोरमा हिंसा भड्किएको छ।

प्रमुख प्रतिपक्षी दल तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले प्रहरीले पक्राउ गर्न खोजेपछि मंगलबार सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए।

इस्लामावाद प्रहरी र रेन्जर्स कमाण्डो खानलाई पक्राउ गर्न उनको घर जमान पार्कमा पुगेपछि समर्थकहरूले निरन्तर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए। दुई पक्षबीचको झडपमा इस्लामावादका केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077