Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा राप्रपानिकट संगठनद्वारा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त पार्टीनिकट किसान संगठनले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदानमा भारी मूल्यमा कटौती गर्ने निर्णयप्रति संगठनले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

यही फागुन २६ गतेको कृषि तथा पशुपन्छी मन्त्रालयको विभागीय मन्त्रीस्तरको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले सरकारविरोधी नारा लगाउनुका साथै तत्काल निर्णय फिर्ता लिई समयमै किसानलाई मल बीउ उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077