Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पीएनजीले यूएईलाई दियो २३५ रनको बलियो लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा आफ्नो अन्तिम खेलमा पपुवा न्यूगिनीपीएनजीले यूएईलाई २ सय ३५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रनको योगफल तयार पारेको हो ।

पीएनजीका कप्तान आसाद भालाले सर्वाधिक ६२ रन योगदान गरे । उनले आउट हुनुअघि ९२ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे । ओपनर किप्लिन डोरिगा ६० बल खेल्दै तीन चौकाको मद्दतमा २४ रन बनाएर आउट हुँदा चाल्र्स अमिनीले २२ रन र गोउदी टोकाले १५ रन बनाए ।

रिले हिकुरे २२ बलमा तीन चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा बिष्फोटक इनिङ खेलेका नोर्मान भानुवा ३१ बलमा ५ छक्का र १ चौको मद्दतमा ४९ रनमा अविजित रहँदा अर्धसतक बनाउन एक रनले चुके ।

तालिकाको पुछारमा रहेको पीएनजी आजको खेलमा यूएईलाई पराजित गर्दै लिग २ शृंखला सुखद अन्त्य गर्ने लक्ष्यमा छ । जारी लिगमा पीएनजी दुई खेलमा नेपालसँग पराजित भएको थियो । भने, एक खेलमा यूूएईलाई हराएको थियो । यूएई शृंखलाको पहिलो खेलमा नेपालसँग पराजित हुँदा एकदिवसीय मान्यता गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077