Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धर्ना बसेको ठाउँमा आरजेडीका सांसद लड्डु बोकेर पुगेपछि...

एजेन्सी । भारतको बिहार विधानसभामा भारतीय जनता पार्टी (बीजेपी) र राष्ट्रिय जनता दल (आरजेडी)का सांसदबिच कुटाकुट भएको छ ।

मंगलबारको विधानसभा बैठकमा माइक तोडेपछि बीजेपी सांसद लखेन्द्र पासवान दुई दिनका लागि निलम्बनमा परेका थिए । निलम्बनलाई ‘लोकतन्त्रको हत्या’ भन्दै बीजेपी सांसद विधान सभा भवनमा विरोध प्रदर्शनमा थिए ।

त्यही बेला आरजेडीका सांसद केशरी यादव लड्डु लिएर त्यहाँ पुगेका थिए । लड्डु बाँड्दै आरजेडीका सांसद आएको देखेपछि बीजेपीका सांसद आक्रामक बनेका थिए ।

बीजेपीका सांसदले लड्डुको किस्ती नै फ्याँकिदिएका थिए । त्यसपछि त्यहाँ धक्कामुक्की र हात हालाहाल भएको थियो ।

आफ्ना नेता लालुप्रसाद यादव, राबडीदेवी र उनकी छोरी मीसा भारतीलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दिल्लीको एउटा अदालतले जमानत दिएको खुसीयालीमा आरजेडी सांसदले लड्डु बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077