Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जुवाको खालबाट १४ जना पक्राउ, एक लाख ६१ हजार रुपैयाँ बरामद

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले जुवा खेलेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ।

प्रहरीले ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहराबाट १४ जनालाई पक्राउ गरेको हो ।

चन्दा मगरले जग्गा भाडामा लिएर बनाएको टहरामा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनापछि खटिएको टोलीले १४ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट एक लाख ६१ हजार ९८० रुपैयाँ बरामद गरेको छ।

पक्राउ पर्नेमा एक जना महिला र अन्य १४ जना छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077